दफा ४क
विमानस्थल क्षेत्र घोषणा गर्ने अधिकार
(१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपाल को कुनै क्षेत्र वा ठाउँलाई त्यसको चार किल्ला तोकी विमानस्थल क्षेत्र घोषणा गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम घोषणा गरिएको विमानस्थल क्षेत्रको सुरक्षाको लागि नेपाल सरकारले नियम बनाई आवश्यकतानुसार सुरक्षा प्रबन्धको व्वस्था मिलाउन सक्नेछ ।